logo
२०८१ असोज ६ आईतवार



अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासन रोक्न आदेश जारी गर्ने

अन्तर्राष्ट्रिय |


अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासन रोक्न आदेश जारी गर्ने


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासन रोक्ने गरी कार्यकारी आदेश जारी गर्ने तयारी गरेको बताउनुभएको छ । ट्रम्पले ट्वीटर हयाण्डलबाट एक ट्वीट साझा गर्नुहुँदै अदृश्य शत्रुबाट भएको आक्रमणले अमेरिकी नागरिकको जागिरको सुरक्षा गर्न यस्तो कदम चाल्न लागेको उल्लेख गर्नुभएको छ ।
उहाँले आफ्नो रणनीतिबारे प्रष्ट्याउनुभएको छैन् । ट्रम्पले आप्रवासन रोक्न के कस्ता कार्यक्रम ल्याउने खुलाउनुभएको छैन् । महामारीको सबैभन्दा खराब स्थिति पार गरेको दाबीसहित अमेरिकाले बिस्तारै सावधानीका उपायहरु खुकुलो गर्ने रणनीति बनाउँदैछ । सात लाख ८२ हजार १५९ अमेरिकीमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ । ४१ हजार ८१६ जना संक्रमित मृत्यु भएको छ ।
अमेरिकाले मेक्सिको र क्यानाडासँग मई महिनाको मध्यसम्म अत्यावश्यक बाहेकको यात्राको प्रतिबन्धलाई लम्ब्याएको छ । यूरोप र चीनबाट पनि यात्रामा प्रतिबन्ध लगाइएको छ । राष्ट्रपति ट्रम्पको निर्णयले प्रभावित हुने वर्ग खुलाइएको छैन् ।
चारवर्ष अघि राष्ट्रपतिमा निर्वाचित भए लगत्तै ट्रम्पले आक्रमण आप्रवासन विरुद्धको रणनीति ल्याउनुभएको थियो । उहाँले मुसलमान समुदायको अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको थियो । चुनाबको पूर्वसन्ध्यामा राष्ट्रपति ट्रम्पले फेरी त्यस्ता उपाय अपनाउने रणनीतिमा पुग्नुभएको बीबीसीले उल्लेख गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?