logo
२०८१ असोज ६ आईतवार



भारतमा २० हजारभन्दा बढी संक्रमित, ६५२ को मृत्यु

अन्तर्राष्ट्रिय |


भारतमा २० हजारभन्दा बढी संक्रमित, ६५२ को मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १० गते । भारतमा कोरोनाभाइरस संक्रमित २० हजार नाघेको छ । मुम्बई, दिल्लीसहितका प्रमुख शहरहरुमा तिब्र रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमितको संख्या बुधबारसम्म २० हजार ४७१ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । कोभिड–१९ संक्रमणबाट भारतमा ६५२ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार महाराष्ट्रमा सबैभन्दा बढी पाँच हजार २२१ जनामा संक्रमणको पुष्टि भएको छ । एशियाकै सबैभन्दा ठूलो झुपडपट्टी रहेको मुम्बईको धाराबीमा दैनिकरुपमा दर्जनौं संक्रमित फेला पर्दै आएका छन् । मुम्बईमा कोरोनाभाइरस संक्रमित २५१ जनाको मृत्यु भइसकेको छ । ७२२ जना निको भई घर फर्केका छन् ।
भारतमा कोरोनाभाइरस संक्रमणपछि उपचार गराएका तीन हजार ९६० जना निको भइ घर फर्केका छन् । १५ हजार ८५९ जनामा अझै संक्रमण सक्रिय रहेको छ ।
मुम्बई राजधानी रहेको महाराष्ट्रपछि सबैभन्दा बढी संक्रमित हुने गुुजरात हुन । गुजरातमा दुई हजार २७२ जनामा संक्रमणको पुष्टि भएको छ । ९५ जनाको मृत्यु भएको छ । राजधानी नयाँ दिल्लीमा दुई हजार १५६ जनामा संक्रमणको पुष्टि भएको छ । ४७ जनाको मृत्यु र ६११ जना उपचारपछि घर फर्किएका छन् ।
राजस्थानमा एक हजार ८०१, तामीलनाडूमा एक हजार ५९६ तथा मध्यप्रदेशमा एक हजार ५९२ जना संक्रमित छन् । दिल्लीमा ४७, राजस्थानमा २५ तथा तामीलनाडूमा १८ जना कोभिड–१९ संक्रमितको मृत्यु दत्र्ता गरिएको छ । अन्य राज्यको अपेक्षा मध्यप्रदेशमा मृतकको संख्या बढी छन् । मध्यप्रदेशमा ८० जनाको मृत्यु भइसकेको छ ।
नयाँ दिल्लीसँग जोडिएको भारतको उत्तरप्रदेशमा समेत कोभिड–१९ संक्रमितको संख्या एक हजार नाघेको छ । उत्तरप्रदेशमा एक हजार ४१२ जना संक्रमित र २१ जनाको मृत्यु भएको छ । तेलङ्गानामा ९४५ जना संक्रमित छन् भने २३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?