logo
२०८१ असोज ६ आईतवार



अमेरिकालाई अनुदान रोक्ने निर्णयमाथि पुर्नविचार गर्न विश्व स्वास्थ्य संगठनका महानिर्देशकको आग्रह

अन्तर्राष्ट्रिय |


अमेरिकालाई अनुदान रोक्ने निर्णयमाथि पुर्नविचार गर्न विश्व स्वास्थ्य संगठनका महानिर्देशकको आग्रह


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ११ गते । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस अदनोम गेब्रेससले अमेरिकालाई अनुदान रोक्ने निर्णयमाथि पुर्नविचार गर्न आग्रह गर्नुभएको छ । उहाँले स्वास्थ्य संगठनको काममा अमेरिकाले सहयोग जारी राख्ने विश्वास व्यक्त गर्नुहुँदै जिवन रक्षाका लागि अमेरिकी अनुदान महत्वपूर्ण हुने बताउनुभएको छ ।
विश्व स्वास्थ्य संगठनको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक गेब्रेससले अन्य राष्ट्रको मात्रै नभई अमेरिकीको जिवन रक्षाको लागि पनि अनुदान आवश्यक हुने बताउनुभयो । अमेरिका विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा बढी अनुदान दिने राष्ट्र छ । अमेरिकी अनुदानले इथियोपियाको स्वास्थ्य प्रणाली सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको गेब्रेससले बताउनुभयो । अमेरिकाले स्वास्थ्य प्रणाली सुदृढ गर्न सहयोग गर्दा गेब्रेसस इथियोपियाका स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि कोरोनाभाइरस संक्रमितको संख्या करिब २५ लाख पुगेको छ । एक लाख ७० हजार व्यक्तिको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत् साता विश्व स्वास्थ्य संगठनलाई दिदै आएको अनुदान रोक्ने चेताबनी दिनुभएको थियो । उहाँले विश्व स्वास्थ्य संगठनको भूमिकामाथि सबाल उठाउँदै यस प्रकारको चेताबनी दिनुभएको थियो । अमेरिकी कर भुक्तानीकत्र्ताले संगठनलाई वार्षिक रुपमा ४० करोड अमेरिकी डलर र अमेरिकाले पचास करोड अमेरिकी डलर अनुदान दिदै आएको छ । चीनले वार्षिक रुपमा चार करोड अमेरिकी डलर अनुदान उपलब्ध गराउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?