जेनेभा, वैशाख ११ गते । कोरोनाभाइरस महामारीबाट विश्वभर एक लाख ८४ हजार ३२६ जनाको मृत्यु भएको छ भने २६ लाख ४५ हजार व्यक्ति संक्रमित भएका छन् ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयअनुसार बिहीबार मध्यान्हसम्ममा संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी ४७ हजार ६८१ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख ११ हजार २७८ जना पुगेको छ । युरोपेली मुलुकहरुमध्ये इटालीमा २५ हजार ८५ जना, स्पेनमा २१ हजार ७१७ जना, फ्रान्समा २१ हजार ३४०, बेलायतमा १८ हजार १०० जना, बेल्जियममा ६ हजार २६२ जना, जर्मनीमा ५ हजार ३१५ जना, नेदरल्यान्ड्समा ४ हजार ५४ जना, स्वीडेनमा १ हजार ९३७ जना, स्वीट्जरल्यान्डमा १ हजार ५०९ जनाको मृत्यु भएको छ ।
यसैगरी, इरानमा ५ हजार ३९१ जना, चीनमा ४ हजार ६३२ जना, ब्राजिलमा २ हजार ९३२ जना, मेक्सिकोमा ९७० जना, भारतमा ६८१, इन्डोनेसियामा ६३५ जना, रसियामा ५५५ जना, इक्वेडरमा ५३७ जनाको मृत्यु भएको छ ।
कोरोनामहामारीको पछिल्लो स्थिति
क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर २६,४५,७८४ ७,२३,१९६ १,८४,३२६
१. युरोप ११,७३,९४२ ३,६५,६४५ १,११,२७८
२. उत्तर अमेरिका ९,१४,५५० १,०२,६४७ ५१,२३१
३. एसिया ४,२४,५३३ १,९९,३५० १५,८७१
४. दक्षिण अमेरिका ९७,१५० ४१,४१० ४,५९६
५. अफ्रिका २६,६७६ ७,३३२ १,२४४
६. ओसेनिया९अस्ट्रेलिया० ८,२१२ ६,१६७ ९१
दक्षिण एसियाली मुलुकहरु
१. भारत २१,७९७ ४,३७६ ६८१
२. पाकिस्तान १०,५१३ २,३३७ २२४
३. बंगलादेश ३,७७२ ९२ १२०
४. अफगानिस्तान १,१७६ १६६ ४०
५. श्रीलंका ३३० १०५ ७
६. माल्दिभ्स ८६ १६ –
७. नेपाल ४५ ७ –
८. भूटान ७ ३ –