logo
२०८१ असोज ६ आईतवार



संक्रमण लामो समयसम्म रहिरहन्छ–जर्मन चान्सलर मर्केल

अन्तर्राष्ट्रिय |


संक्रमण लामो समयसम्म रहिरहन्छ–जर्मन चान्सलर मर्केल


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ११ गते । जर्मन चान्सलर एञ्जेला मर्केलले कोरोनाभाइरसरुपी संकटबाट बच्न ‘चलाख र सचेत’ हुन अपील गर्नुभएको छ । उहाँले संक्रमण फैल्ने चरण अन्तिम नभई सुरुवात मात्रै रहेकोले यस्तो सुझाबसहितको अपील गर्नुभएको हो ।
यूरोपेली संघको बैठक बस्नुअघि सदनमा सम्बोधन गर्नुहुँदै उहाँले भाइरसको प्रकोप लामो समयसम्म रहीरहने बताउनुभयो । कोरोनाभाइरस संक्रमण विरुद्धको लडाईमा यूरोपेली संघ एकजुट हुनुपर्नेमा मर्केलले जोड दिनुभयो । उहाँले यूरोपेली बजेटमा जर्मनीले ठूलो योगदान गर्नुपर्ने बताउनुभयो । अतिरिक्त बजेट सीमित समयको लागि ऐक्यबद्धता स्वरुप प्रदान गरिने उल्लेख गर्नुभयो ।
बिहिबार यूरोपेली संघले मातहातका कामदार, ब्यवसाय र सबैभन्दा बढी प्रभावित देशलाई सम्बोधन गर्न करिब ५७ खरब बजेटमा हस्ताक्षर गर्ने तयारी गरिएको बीबीसीले उल्लेख गरेको छ । जर्मनीमा बिहिबारसम्म एक लाख ४८ हजार ४६ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१५ जनाको मृत्यु भएसँगै जर्मनीमा मृतकको संख्या पाँच हजार ९४ पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?