logo
२०८१ असोज ७ सोमवार



महिना दिनपछि राष्ट्रपति ट्रम्प निबासबाट बाहिर भ्रमणमा निस्किदै

अन्तर्राष्ट्रिय |


महिना दिनपछि राष्ट्रपति ट्रम्प निबासबाट बाहिर भ्रमणमा निस्किदै


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति निवास व्हाइट हाउसबाट एक महिनापछि बाहिर भ्रमणमा निस्किदै हुनुहुन्छ । पछिल्लो पटक उहाँ मार्च २८ मा राष्ट्रपति निवासबाट बाहिर निस्किनुभएको थियो । कोरोनाभाइरसको महामारीका बीच एक महिना यता उहाँ व्हाइट हाउसबाहिर निस्किन पाउनुभएको थिएन ।
बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पको दैनिकी सार्वजनिक गर्ने क्रममा व्हाइट हाउसले शुक्रबार उहाँ वाशिंगटन डीसीस्थित निवासबाट एक समारोहमा सहभागी हुन निस्किन लाग्नुभएको जनाएको छ । उहाँले उक्त समारोहमा कति समय बिताउने सम्बन्धमा उल्लेख गरिएको छैन् । ट्रम्प म्यारील्याण्डस्थित क्याम्प देवीड आवासीय क्षेत्रमा आयोजना हुन लागेको समारोहमा सहभागी हुनुहुनेछ । क्याम्प देवीड वाशिंगटन डीसीस्थित राष्ट्रपति निबास व्हाइट हाउसबाट करिब ९० किलोमिटरको दूरीमा रहेको छ ।
मार्च २८ मा उहाँले भर्जिनियास्थित नरफोल्क क्षेत्रको भ्रमण गर्नुभएको थियो । शुक्रबार बिहानसम्म कोभिड–१९ को संक्रमण दश लाख ६९ हजार ४२४ जना अमेरिकीमा पुष्टि भएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?