logo
२०८१ असोज ७ सोमवार



१२ सय प्रवासी कामदार बोकेको रेल हैदराबादबाट झारखण्डका लागि प्रस्थान

अन्तर्राष्ट्रिय |


१२ सय प्रवासी कामदार बोकेको रेल हैदराबादबाट झारखण्डका लागि प्रस्थान


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १९ गते । लकडाउनमा फसेका प्रवासी कामदार बोकेको पहिलो रेल भारतको तेलङ्गाना राज्यबाट प्रस्थान गरेको छ । २४ मार्चमा लकडाउन घोषणा गरिएपछि लाखौं प्रवासी कामदार भारतको विभिन्न राज्यमा फसेका थिए ।
भारतको मध्य दक्षिण रेल्वेका प्रमुख जनसम्पर्क अधिकृत राकेश आरसीले तेलङ्गाना राज्यको सरकारको आग्रहमा सुरु गरिएको उक्त सेवा प्रवासी कामदार पुर्याउन सीमित रहने बताउनुभयो । २४ डब्बामा एक हजार दुई सय यात्रु बोकेको रेल भारतको झारखण्ड पुग्नेछ । राज्य सरकारले पहल गरेपछि प्रवासी कामदारलाई घरसम्म पुर्याउन पहिलोपटक रेल सेवा सञ्चालन गरिएको हो ।
हैदराबाद शहरको लिंगमपल्लीबाट शुक्रबार बिहान रेल प्रस्थान गरेको हो । राकेश आरसीले सामाजिक दूरी बनाएर रेलमा बस्ने र खानाको व्यवस्था गरिएको जानकारी दिनुभयो । बीबीसीका अुनसार प्रत्येक डब्बामा ५४ जना यात्रु राखिएका छन् । रेल प्रस्थान गर्नुअघि प्रत्येक यात्रुको ज्वरो र कोभिड–१९ को अन्य लक्षणको परीक्षण गरिएको थियो ।
लकडाउनले भारतमा करिब दश करोड प्रवासी कामदारहरु ठूला शहरमा फसेका छन् । अचानक लकडाउनको घोषणापछि प्रवासी कामदार बिचल्लीमा परेको र काम नहुँदा भोकमरी हुन सक्ने चिन्ताले सताउँदा घरसम्म पुग्न सयौं किलोमिटरको यात्रा पैदल हिंडेर गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?