logo
२०८१ असोज ७ सोमवार



किम जोङ–ऊनलाई स्वस्थ्य हेर्दा खुशी–ट्रम्प

अन्तर्राष्ट्रिय |


किम जोङ–ऊनलाई स्वस्थ्य हेर्दा खुशी–ट्रम्प


गोरखपात्र अनलाइन
काठमाडौं, वैशाख २१ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ–ऊनलाई स्वस्थ्य हेर्दा खुशी लागेको टिप्प्णी गर्नुभएको छ । किम जोङ–ऊन तीन सातामा पहिलो पटक सार्वजनिक समारोहमा सहभागी हुँदै शनिबार एक मलखाद उद्योगको उद्घाटन गर्नुभएको थियो ।
ट्रम्पले आफ्नो ट्वीटर हयाण्डलबाट ट्वीट गर्नुहुँदै किमलाई फर्किएको देखेर खुशी भएको प्रतिक्रिया साझा गर्नुभएको हो । उहाँले किमको राम्रो हुने कामना गरेको बताउनुभयो । पछिल्ला वर्षहरुमा राष्ट्रपति ट्रम्प र किम जोङबीचको सम्बन्धले नयाँ ऊचाई पाएको छ । सन् २०१८ यता दुबै नेता तीनपटक भेटघाट गरेका छन् । दुबैजनाले व्यक्तिगत् चिठी समेत आदानप्रदान गरेका छन् । यद्दपी उत्तर कोरियाको परमाण निशस्त्रीकरणको मुद्दामा भने बिराम लागेको छ ।
किम जोङ–ऊनको अनुपस्थितिमै उत्तर कोरियाका संस्थापक एवम् किमका हजूरबुवाको जन्म जयन्ती मनाइएको थियो । जसले गर्दा किम जोङको स्वास्थ्य अवस्थाबारे विभिन्न प्रकारको आँकलन गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?