logo
२०८१ असोज ७ सोमवार



दुई दिनमा दशलाख व्यक्तिले चिनियाँ शहर सांघाइको भ्रमण गरे

अन्तर्राष्ट्रिय |
पर्यटन |


दुई दिनमा दशलाख व्यक्तिले चिनियाँ शहर सांघाइको भ्रमण गरे


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २१ गते । पछिल्लो दुई दिनमा करिब दश लाख व्यक्तिले चीनको सांघाइ शहरको भ्रमण गरेका छन् । मई दिवसको अवसर पारेर शुक्रबार र शनिबार गरी दशलाख व्यक्तिले सांघाइ शहरको भ्रमण गरेको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।
सिन्हवाका अनुसार शुक्रबार चार लाख ५६ हजार व्यक्तिलाई सांघाइ शहरले आतिथ्य प्रदान गर्यो । शनिबार मात्रै सांघाइ शहर भ्रमण गर्ने छ लाख ३३ हजार पुगेको छ । सीएनएनका अनुसार भ्रमणकारीले सांघाइको १३० पर्यटकीय स्थलको अवलोकन गरेका छन् ।
सांघाईस्थित संस्कृति र पर्यटन विभागले प्रमुख पर्यटकीय स्थलहरुको भ्रमण खुला गरेपछि भ्रमणकारीको संख्यामा उल्लेख्य वृद्धि भएको हो । मई दिवसमा पर्ने विदालाई केन्द्रित गरी पर्यटकीय स्थल पुर्नखुला गरिएको हो । कोरोनाभाइरसको संक्रमणको उद्गमस्थल चीनमा पछिल्लो तीन महिना यता विभिन्न शहरहरु आंशिक रुपमा मात्रै खुला रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?