logo
२०८१ असोज ७ सोमवार



अमेरिकाको सर्वोच्च अदालतमा फोन मार्फत् सुनुवाई

अन्तर्राष्ट्रिय |


अमेरिकाको सर्वोच्च अदालतमा फोन मार्फत् सुनुवाई


वासिङ्टन, वैशाख २२ गतते।
कोरोना भाइरसको महामारीका कारण अमेरिकाको सर्वोच्च अदालतले फोनबाटै सुनुवाई शुरु गरेको छ । सम्भवतः यो अभ्यास विश्वमै पहिलो पटक भएको हुनसक्ने अधिकारीहरुले बताएका छन् । मानिसको भौतिक उपस्थिति विना फोन मार्फत् आवाज मात्रै पुयाएर सुनुवाई गरिएको घटनालाई अनौठो घटनाका रुपमा लिइएको छ ।
कोरोनाभाइरस सङ्क्रमणको त्रासका कारण सुनुवाईको परम्परागत शैली परिवर्तन गरेर यस्तो नयाँ शैली अपनाउनु परेको हो । अदालतको सुनुवाई कक्षमा कोरोनाभाइरसको सङ्क्रमणको खतरा बढी भएको अधिकारीहरूको भनाई छ ।
अदालतमा विषेश गरेर छ जना न्यायाधीश ६५ बर्ष वा सोभन्दा बढी उमेरका भएकाले सङ्क्रमणको खतरा बढी रहेको ठानिएको हो । फोनबाटै सुनुवाई गर्ने अभ्यासको शुरुवात सोमबारदेखि गरिएको छ । सुुनुवाईका क्रममा एउटा पक्षले बोल्दा अर्को पक्षले पनि सुन्न मिल्ने पनि बनाइएको अधिकारीहरुको भनाइ छ । सोमबार पहिलो पटक भएको सुनुवाईमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएको मुद्दामा बहस भएको थियो । फोनबाट भएको सुुनुवाई अरु दिन जस्तै सोमबार पनि विहान १० बजेदेखि नै शुरु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप