logo
२०८१ असोज ७ सोमवार



अमेरिकामा एक महिना यताकै सबैभन्दा कम मृत्यु

अन्तर्राष्ट्रिय |


अमेरिकामा एक महिना यताकै सबैभन्दा कम मृत्यु
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २३ गते । संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा एक महिना यताको सबैभन्दा कम मृत्यु दत्र्ता गरिएको छ । सोमबार कोभिड–१९ को संक्रमणबाट एक हजार १५ जनाको मृत्यु भएको छ ।
अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार सोमबारसम्म कोभिड–१९ को संक्रमणबाट ६८ हजार ९२० जनाको मृत्यु भएको छ । ११ लाख ८० हजार ३३२ जना संक्रमित छन् । जुन स्पेनमा संक्रमित रहेको संख्याको पाँच गुणा र चीनमा संक्रमित फेला परेको संख्याको १४ गुणा बढी हो । अमेरिकामा करिब दुई लाख व्यक्ति संक्रमणबाट मुक्त भएको बीबीसीले उल्लेख गरेको छ ।
बीबीसीका अनुसार अमेरिकी सरकारको एक आन्तरिक कागजातले जुन एकपछि संक्रमित हुनेको संख्या अत्याधिक बढ्ने अनुमान गरिएको छ । जसमा महिनाको अन्त्यसम्म दैनिक दुई लाख नयाँ संक्रमित थपिने र तीन हजार व्यक्तिको मृत्यु हुने प्रक्षेपणसहितको तथ्याङ्क सोमबार न्युर्योक टाइम्सले प्रकाशन गरेको रिर्पोटमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?