logo
२०८१ असोज ७ सोमवार



भारतको राजस्थानमा कोभिड–१९ संक्रमितमा प्लाज्मा थेरापीबाट उपचार सुरु

अन्तर्राष्ट्रिय |


भारतको राजस्थानमा कोभिड–१९ संक्रमितमा प्लाज्मा थेरापीबाट उपचार सुरु


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २५ गते । भारतको राजस्थान राज्यमा कोभिड–१९ संक्रमितमा प्लाज्मा थेरापी गरेर उपचार प्रकृया सुरु गरिएको छ । राजस्थान राज्यका स्वास्थ्यमन्त्री रघु शर्माले उपचार पद्धतीको उद्घाटन गर्नुभयो ।
समाचार संस्था एएनआइका अनुसार राजस्थानको एसएमएस मेडिकल कलेजमा कोरोनभाइरसले जटिल स्वास्थ्य अवस्थामा पुगेका २० जना बिरामीबाट थेरापी सुरु गरिएको हो । राजस्थानमा कोभिड–१९ संक्रमितको संख्या तीन हजार ४२० पुगेको छ । सामान्य औषधीसँगै आइसोलेशन मात्रैले संक्रमणबाट मुक्त नहुने जटिल स्वास्थ्य अवस्थाका बिरामीलाई प्लाज्मा थेरापी गरिन्छ ।
कलेजका प्रिन्सिपल डा सुधिर भण्डारीले प्लाज्मा थेरापीको उपचार पद्धतीबारे प्रकाश पार्नुभयो । उहाँले कोभिड–१९ ले संक्रमित व्यक्ति पूर्णरुपमा स्वास्थ्य लाभ भएको २८ दिनपछि मात्रै प्लाज्माको नमूना संकलन गर्न योग्य खुलाउनुभयो । प्लाज्मा थेरापी कोभिड–१९ को उपचारका लागि निकै नै उपयोगी मानिएको छ । भारतीय औषधी विज्ञानले तय गरेको मापदण्ड बमोजिम प्लाज्मा थेरापी उपचार प्रकृया सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
एिकै रगत समूह भएका बिरामीमा मात्रै प्लाज्मा थेरापी गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?