logo
२०८१ असोज ७ सोमवार



भारत प्रशासित काश्मिरमा हिज्बुलका प्रमुख मारिए

अन्तर्राष्ट्रिय |


भारत प्रशासित काश्मिरमा हिज्बुलका प्रमुख मारिए


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २५ गते । भारतीय सुरक्षाबलको कारबाहीमा प्रतिबन्धित संगठन हिज्बुल मुजाहिद्यिनका एकजना प्रमुख नेता काश्मिरमा मारिएका छन् । मुजाहिद्यिनका सैन्य प्रमुख रियाज नाइकू भारतीय सुरक्षाबलको कारबाहीमा मारिएका हुन् ।
बीबीसीका अनुसार भारतीय सुरक्षाकर्मीले काश्मिरको पुलवामास्थित आफ्नो बेगपोरा गाउँमा बसिरहँदा नाइकूलाई घेर हालेर कारबाही चलाएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत् जनवरी महिना यता उक्त क्षेत्रमा कम्तिमा ७६ विद्रोही र २० जना सुरक्षाबलका अधिकारीहरुले मुठभेडमा ज्यान गुमाएका छन् ।
विद्रोही संगठन मुजाहिद्यिनका वुहार्न वानी सन् २०१६ मा मारिएपछि नाइकू संगठनको प्रमुखको जिम्मेवारी पाएका थिए । वानीको मृत्युपछि भारत र पाकिस्तान प्रशासित काश्मिरमा लामो समयसम्म अस्थिरता निम्तिएको थियो । भारतले आफ्नो नीतिमा विद्रोही नेता मारिएपछि शव परिवारजनलाई नबुझाउने बदलाब ल्याएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?