logo
२०८१ असोज ७ सोमवार



अमेरिकामा बेरोजगारी दर ९० वर्ष यताकै उच्च

अन्तर्राष्ट्रिय |


अमेरिकामा बेरोजगारी दर ९० वर्ष यताकै उच्च


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २७ गते। अमेरिकामा बेरोजगारी दर १४.७ प्रतिशतले बढेको छ । गत् अप्रिलमा अमेरिकामा करिब दुई करोड ५० लाख व्यक्ति बेरोजगार हुन पुगेको थियो । तर दुई साताको अन्तरालमा बेरोजगारी दर पछिल्लो ९० वर्षयताकै सबैभन्दा बढी मापन गरिएको छ । दुई महिना अघि बेरोजगारी दर ३.५ प्रतिशत मापन गरिएको थियो ।
अमेरिकाको श्रम विभागले आर्थिक क्षेत्रको प्रत्येक विभागमा ह्रास आएको जनाएको छ । साताब्यापी रुपमा सार्वजनिक गरिने प्रतिवेदनका अनुसार पछिल्लो छ सातामा तीन करोड ३० लाख व्यक्तिले बेरोजगार निवेदन दत्र्ता गराएका छन् । यो सन् १९३० यताकै सबैभन्दा ठूलो बेरोजगारी दर हो ।
बीबीसीका अनुसार फुसर्द तथा आतिथ्य क्षेत्र सबैभन्दा बढी प्रभावित भएको विभागले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । जसमा करिब ४७ प्रतिशतले ह्रास आएको छ । शिक्षा र स्वास्थ्य सेवाको काममा २५ लाख कामदार कटौती गरिएको छ । खुद्रा क्षेत्रमा करिब २१ लाख कामदार कटौती गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?