logo
२०८१ असोज ७ सोमवार



अमेरिकी प्रशासनका उच्च अधिकारीहरू धमाधम क्वारेन्टाइनमा

अन्तर्राष्ट्रिय |


अमेरिकी प्रशासनका उच्च अधिकारीहरू धमाधम क्वारेन्टाइनमा
डा. एन्थनी फाउची ।


काठमाडौँ, वैशाख २८ गते । ट्रम्प प्रशासनको एक कर्मचारीमा कोभिड १९ संक्रमण भएपछि उच्च अधिकारीहरू धमाधम क्वारेन्टाइनमा जान थालेका छन् । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्ड दुई हप्ता घरमै बसेर काम गर्नुहनेछ ।
कोरोना संक्रमित ह्वाइट हाउसका कर्मचारीसँग सम्पर्कमा आएका हुनाले उहाँ अबको दुई हप्ता उहाँ एकान्तबासबाट काम गर्ने सीडीसीका प्रवक्ताले बताउनुभएको छ । त्यस्तै खाद्य तथा औषधी प्रशासनले पनि संक्रमित कर्मचारीको सम्पर्कमा आएका आफ्ना आयुक्त डा. स्टिभन हान सेल्फ क्वारेन्टाइनमा बस्ने जनाएको छ । उहाँहरु दुवै जना ह्वाइट हाउटको कोरोना भाइरस टास्क फोर्सका सदस्य हुन्, जो बिहीबार भएको बैठकमा सहभागी हुनुभएको थियो ।
कोरोना भाइरस टास्क फोर्सकै अर्का अधिकारी तथा सरुवा रोग विशेषज्ञ डा. एन्थनी फाउची पनि घरमै बसी काम गर्ने हुनुभएको छ । उहाँले आफू ‘मोडिफाइड क्वारेन्टाइन’ मा रहेको र कार्यालयमा गए पनि १४ दिनसम्म सावधानीका लागि मास्क लगाएर एक्लै बस्ने बताउनुभएको छ । संक्रमित ह्वाइट हाउसका कर्मचारीको निकट सम्पर्कमा नरहेको हुनाले आफू न्यून जोखिममा रहेको डा. फाउचीले प्रतिक्रिया दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?