logo
२०८१ असोज ७ सोमवार



भारतमा एकैदिन चार हजार नयाँ सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा एकैदिन चार हजार नयाँ सङ्क्रमित थपिए
तस्विर-डब्ल्युआइओएन


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २९ गते । भारतमा एकैदिन चार हजारभन्दा बढी कोभिड–१९ को नयाँ सङ्क्रमित थपिएका छन् । भारतमा सङ्क्रमित हुनेको संख्या ६७ हजार १५२ पुगेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार एकैदिनमा नयाँ सङ्क्रमित थपिएको भारतमा यो सबैभन्दा बढी हो ।
जोन हप्कीन्स विश्वविद्यालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा चार हजार २१३ जना नयाँ सङ्क्रमित थपिएका छन् । भारतमा कोभिड–१९ को सङ्क्रमणले हालसम्म दुई हजार २०६ जनाको मृत्यु भएको छ । ४४ हजार २९ जनामा भाइरसको सङ्क्रमण अझै सक्रिय छन् । २० हजार ९१७ जना उपचारपछि निको भई घर फर्केका छन् ।
भारतमा कोभिड–१९ को सङ्क्रमित सबैभन्दा बढी आर्थिक राजधानी महाराष्ट्रको मुम्बईमा छन् । महाराष्ट्रमा २२ हजार १७१ जना सङ्क्रमित छन् । सङ्क्रमणले सबैभन्दा बढी मृत्यु समेत महाराष्ट्रमै भएको छ । महाराष्ट्रमा ८३२ जनाले सङ्क्रमणपछि ज्यान गुमाएका छन् भने चार हजार १९९ जना निको भई घर फर्केका छन् । महाराष्ट्रपछि गुजरातमा आठ हजार १९४, तमीलनाडूमा सात हजार २०४ र राजधानी नयाँ दिल्लीमा छ हजार ९२३ संक्रमित छन् । भारतमा सबैभन्दा बढी जनसङ्ख्या रहेको राज्य उत्तरप्रदेशमा सङ्क्रमित हुने तीन हजार ४६७ छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?