logo
२०८१ असोज ७ सोमवार



इरानी मिसाइल परीक्षणमा एक दर्जन नाविकको मृत्यु

अन्तर्राष्ट्रिय |


इरानी मिसाइल परीक्षणमा एक दर्जन नाविकको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २९ गते । इरानी नौसेनाको मिसाइल परीक्षणमा एक जहाज परेपछि करिब एक दर्जन नाविकको मृत्यु भएको छ । अद्र्ध आधिकारिक समाचार संस्थाले भने उक्त भुललाई दुर्घटना बताउँदै एकजना नाविकको मात्रै मृत्यु भएको उल्लेख गरेको छ ।
बीबीसीले स्थानीय एक सञ्चारकर्मीलाई उद्धृत गर्दै फ्रिगेट जमारनले नयाँ प्रणालीको विकास गरी परीक्षण गर्दा सामान बोकेको जहाजमा लक्षित हुन पुगेको छ । स्ट्रैट अफ हरमज नजिक आइतबार उक्त घटना भएको हो ।
जमारन इरानको रिभोल्युशनरी गार्ड कोरपोरेशनले सञ्चालन गरेको एन्टी मिसाइल परीक्षण हो । कोनारकसँग लक्ष्यभन्दा टाढिने समय हुँदाहुँदै उक्त मिसाइल निर्धारित समयभन्दा अघि नै प्रक्षेपण हुन पुगेको बीबीसीले उल्लेख गरेको छ । सामाजिक सञ्जालमा छरिएको भिडियोमा घाइते नाविकलाई एम्बुलेन्समा राखिएको देखिन्छ ।
गत् जनवरीमा समेत इरानको रिभोल्युशनरी गार्डले इरानी आकाशमा यात्रु बोकेको यूक्रेनी जहाजलाई लक्षित गर्दा १७६ जनाको मृत्यु भएको थियो । इरानले अमेरिकी नौसेनाले इरानी पोतको बाटो छेकेपछि उसले गस्ती बढाएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?