logo
२०८१ असोज ७ सोमवार



लकडाउन खुकुलो भएपछि जर्मनीमा सङ्क्रमण बढ्यो

अन्तर्राष्ट्रिय |


लकडाउन खुकुलो भएपछि जर्मनीमा सङ्क्रमण बढ्यो


गोरखापत्र अनालाइन
काठमाडौं, वैशाख २९ गते । प्रतिबन्ध खुकुलो गरिएपछि जर्मनीमा कोभिड–१९ को सङ्क्रमण दर वृद्धि भएको छ । जर्मनीको रोग तथा नियन्त्रण केन्द्र, द रोबर्ट कोच इन्स्टिच्युटका अनुसार यसअघि एक मापन गरिएको सङ्क्रमण वृद्धि दर हाल १.१३ पुगेको हो ।
द् रोबर्ट इन्स्टिच्युटका अनुसार शनिबार जर्मनीमा सङ्क्रमण वृद्धि दर एक मुनि रेकर्ड गरियो । जर्मन चान्सलर एञ्जेला मर्केलले बुधबारदेखि सबै पसल, विद्यालय खुल्ने र बुन्डेसलिगा ससर लिग सुरुवातको घोषणा गर्नुभएको थियो । उहाँले लकडाउनमा खुकुलो गरिएकाे घोषणा गर्नुभयो ।
जर्मनीमा कोभिड–१९ सङ्क्रमितको संख्या एक लाख ७१ हजार पुगेको छ । कोभिड–१९ को सङ्क्रमणबाट सात हजार पाँच सय जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?