logo
२०८१ असोज ७ सोमवार



रात्रीजीवनमा सहजताले दक्षिण कोरियामा एकैदिन ९५ नयाँ संक्रमित थपिए

अन्तर्राष्ट्रिय |
फिचर |


रात्रीजीवनमा सहजताले दक्षिण कोरियामा एकैदिन ९५ नयाँ संक्रमित थपिए


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३० गते । दक्षिण कोरियामा एउटै झुप्पाबाट विभिन्न स्थानमा छरिएका ९४ जना नयाँ संक्रमित फेला परेका छन् । नयाँ थपिने संक्रमित घट्दै गएपछि सामाजिक दूरीमा सहजता अपनाएको कोरियामा रात्रीजिवनसँग जोडिएको स्थानबाट भारी संख्यामा संक्रमित फेला परेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोरियामा यसै सातादेखि विद्यालय खोल्ने निर्णय गरिएको थियो । तर संक्रमितको संख्या बढेपछि विद्यालय सञ्चालनमा ढिलाइ हुने कोरियाली अधिकारीहरुले बताएका छन् । अधिकांश संक्रमित दक्षिण कोरियाली राजधानी सियोलका छन् । लकडाउनमा सहजता हुँदाहुँदै संक्रमितको सम्पर्कमा आउनेको खोजबीन कडाइपूर्बक लागू गरिएपछि दक्षिण कोरियामा संक्रमितको संख्या एकाइमा झरेको थियो ।
तर रात्रीकालीन सेवा दिने क्लबका आगन्तुकले गलत सम्पर्क नम्बर र ठेगाना टिपाउँदा त्यस्ता व्यक्तिको खोजीमा समेत कठिनाइ उत्पन्न भएको छ । जसले नयाँ संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । स्वास्थ्य अधिकारीहरुले भने नाम र ठेगाना उल्लेख नगरी परीक्षणको कार्य अगाडि बढाउने तयारी गरेका छन् ।
दक्षिण कोरियामा दश हजार ९३६ जना कोभिड–१९ का संक्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?