logo
२०८१ असोज ७ सोमवार



सधैँका लागि घरबाटै काम गर्न ट्वीटरका कर्मचारीलाई अनुमति

अन्तर्राष्ट्रिय |


सधैँका लागि घरबाटै काम गर्न ट्वीटरका कर्मचारीलाई अनुमति


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३१ गते । यदि तपाईँ ट्वीटरमा कार्यरत हुनुहुन्छ भने तपाईले काम गर्न कार्यालय नै धाउनुपर्ने दिन नआउन पनि सक्छ । सान फ्रान्सिस्कोमा प्रमुख कार्यालय रहेको ट्वीटरले आफ्ना पाँच हजार कर्मचारी घर बसेरै काम गर्दै आएको जनाएको छ । कर्मचारीले घरमै व्यवस्थित भएर काम थालेपछि ट्वीटरले ओहोदाले अनुमति दिने कर्मचारीको हकमा आफ्नो इच्छा लागेसम्म घरमै बसेर काम गर्न छुट दिएको छ ।
बीबीसीका अनुसार ट्वीटरका कार्यकारी प्रमुख ज्याक डोर्सेले सबै पत्राचार गर्नुहुँदै घर बसेरै काम हुने अवस्था रहेका कर्मचारीले सधैँका लागि घरबाटै काम गरे पुग्ने खुलाउनुभएको छ । घरबाट स्थायी रुपमा काम गर्ने अनुमति नहुने कर्मचारीले पनि कम्तिमा सेप्टेम्बर महिनासम्म घरमै बसेर काम गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
वर्षको अन्तिम महिना वा सेप्टेम्बर अघिसम्म कार्यालय खुल्ने अवस्था नरहेको उहाँले प्रष्ट्याउनुभएको छ । लकडाउनपछि अहिलेसम्म कर्मचारीले घरबाटै काम गर्दा कम्पनी सञ्चालन गर्न सम्भव भएको उहाँले उल्लेख गर्नुभएको छ ।
नयाँ दिल्ली, लण्डन र सिंगापुरसहित ट्वीटरको कार्यालय विश्वका ३५ शहरमा छन् । फेसबुक, गुगल लगायतका डिजिटल प्रविधिमा आधारित कम्पनीले पनि सन् २०२० को अन्त्यसम्म घरमै बसेर काम गर्न कर्मचारीलाई निर्देशन दिइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?