logo
२०८१ असोज ७ सोमवार



सिंगापुरले सबै विदेशी कामदारको कोरोना परीक्षण गर्ने

अन्तर्राष्ट्रिय |


सिंगापुरले सबै विदेशी कामदारको कोरोना परीक्षण गर्ने


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ३१ गते । सिंगापुरका अधिकारीहरुले कार्यरत सबै विदेशी कामदारको कोरोना भाइरसको परीक्षण गर्ने जनाएका छन् । सिंगापुरमा हाल तीन लाख २३ हजार विदेशी कामदार कार्यरत छन् ।
कोभिड–१९ लाई परास्त गर्न उदाहरणीय काम गरेको सिंगापुरमा विदेशी कामदारमा संक्रमणको अवस्था चुनौतीपूर्ण देखिएको छ । सिंगापुरको निर्माण क्षेत्रमा हजारौं दक्षिण एशियाली कामदार कार्यरत छन् । ती कामदारको आवासीय व्यवस्था अत्यन्तै साँघुरो छ । हालसम्म ३२ हजार कामदारमा कोरोनाको संक्रमण परीक्षण गरिएको छ ।
सिंगापुरका राष्ट्रिय विकास मन्त्री लौरेन्स वङ्गका अनुसार तीन हजार दुई सय विदेशी कामदारको दैनिक परीक्षण गरिदैछ । सिंगापुरमा हाल २४ हजार ६७१ जनामा संक्रमणको पुष्टि भएको छ । संक्रमितमध्ये अधिकांश विदेशी कामदार छन् । २१ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?