logo
२०८१ असोज ७ सोमवार



ब्राजिलमा एकैदिन ८८१ सङ्क्रमितकाे मृत्यु

अन्तर्राष्ट्रिय |


ब्राजिलमा एकैदिन ८८१ सङ्क्रमितकाे मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख ३१ गते । स्वास्थ्य अधिकारीहरूका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण सुरु भए यताकै सबैभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । मङ्गलबार ब्राजिलमा ८८१ जनाको मृत्यु भएको हो ।
लैटिन अमेरिकी राष्ट्रकोमध्येमा रहेको ब्राजिल विश्वकै छैठौँ सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ । ब्राजिलमा हालसम्म १२ हजार ४०० जनाको मृत्यु भएको छ । विज्ञहरूले परीक्षणको अभावमा मृतकको संख्या अझै धेरै हुन सक्ने दाबी गरेका छन् । अस्पतालमा पुग्नेलाई मात्रै ब्राजिलले परीक्षण गर्दै आएको छ ।
साओ पाउलो चिकित्साशास्त्र अध्ययन संस्थानका डोमिङ्गो आल्भ्सले प्रकोप नियन्त्रणका लागि प्रभावकारी नीति नरहेको बताउनुभयो । ब्राजिलमा कोरोनाको अवस्थाबारे अध्ययन गर्दै आउनुभएका आल्भ्सले तथ्याङ्कमा देखिएको भन्दा १५ गुणा बढी सङ्क्रमित रहेको दाबी गर्नुभएको छ ।
ब्राजिलमा सङ्क्रमितको सङ्ख्या करिब एक लाख ७७ हजार ५८९ रहेको छ । मङ्गलबार एकैदिन नौ हजार नयाँ सङ्क्रमित थपिएपछि ब्राजिलले प्रभावित राष्ट्रमा जर्मनीलाई उछिनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?