logo
२०८१ असोज ७ सोमवार



वुहानका तीस लाख व्यक्तिमा कोरोना परीक्षण सम्पन्न

अन्तर्राष्ट्रिय |


वुहानका तीस लाख व्यक्तिमा कोरोना परीक्षण सम्पन्न


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २ गते । कोभिड–१९ को सङ्क्रमण सुरु भएको चिनियाँ शहर वुहानका एक तिहाई जनसंख्यामा कोरोनाभाइरसको परीक्षण सम्पन्न भएको छ । वुहानको जनसङ्ख्या करिब एक करोड दश लाख रहेको छ ।
समाचार संस्था रोयर्टसका अनुसार अप्रिल महिना यता वुहानमा तीस लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमणको परीक्षण गरिएको छ । सरकारी सञ्चारमाध्यम सिन्ह्वाले शहरलाई सङ्क्रमणमुक्त बनाउने लक्ष्य अनुरुप युद्धस्तरमा परीक्षण कार्य गरिएको उल्लेख गरेको छ । यसअघि परीक्षण नगराएकालाई प्राथमिकतामा राखेर परीक्षण कार्य सुरु गरिएको छ ।
अप्रिल आठमा लकडाउन खुले यता गत साता पहिलोपटक वुहानमा एकैपटक पाँचजनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको थियो । सङ्क्रमणको दोस्रो तरङ्ग आउन सक्ने जोखिमका बीच स्थानीय सरकारले वुहानमा बसोबास गर्ने सबैमा परीक्षण गर्ने निर्णयमा पुगेको थियो ।
रोयर्टसका अनुसार वुहानमा दश दिनभित्र सबैमा परीक्षण सकाउने लक्ष्यसहित न्यूक्लिक एसिड परीक्षण गरिँदैछ । अप्रिल एकदेखि मई १३ सम्म वुहानमा दश लाख ७९ हजार परीक्षण गरिएको छ । बिहिबार चारजना नयाँ सङ्क्रमित फेला परेका छन् । नयाँ थपिएका सबै सङ्क्रमित समुदायबाट नै फैलिएको छ । हाल वुहानमा १२ जना नयाँ र सक्रिय सङ्क्रमित छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?