logo
२०८१ असोज ७ सोमवार



भारतमा सङ्क्रमित बढ्दै जाँदा भेन्टिलेटर अनुदान दिने अमेरिकाको घोषणा

अन्तर्राष्ट्रिय |


भारतमा सङ्क्रमित बढ्दै जाँदा भेन्टिलेटर अनुदान दिने अमेरिकाको घोषणा
तस्विर-डीएनए इन्डिया


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ‘भेन्टिलेटर’ अनुदानमा दिने घोषणा गर्नुभएको छ । भारतसँगको मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्नुहुँदै उहाँले भेन्टिलेर अनुदानमा दिने घोषणा गर्दा आफू गौरवान्वित भएको उल्लेख गर्नुभयो ।
राष्ट्रपति ट्रम्पले शुक्रबार ट्वीट गर्नुहुँदै उक्त सहयोगको घोषणा गर्नुभयो । यद्दपी भेन्टिलेटरको परिमाणबारे उहाँले खुलाउनुभएको छैन् । भारतमा कोभिड–१९ को बिरामीको संख्या प्रतिदिन करिब चार हजारको औसतमा वृद्धि हुँदै आएको छ । शनिबार बिहानसम्म भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या ८५ हजार नाघेको छ । जुन कोरोनाभाइरसको सङ्क्रमण पहिलोपटक देखिएको चीनको भन्दा बढी भएको छ । चीनमा ८२ हजार ९३३ जना सङ्क्रमित छन् ।
भारतीय अखबार टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार राष्ट्रपति ट्रम्पले कोभिड–१९ विरुद्धको खोप विकास भारतसँग सहकार्य गरिरहेको खुलाउनुभयो । सहकार्य गरेर अदृश्य शत्रुलाई परास्त गर्ने उहाँले विश्वास लिनुभएको छ । यसै वर्षको अन्त्यसम्ममा खोप विकसित हुने उहाँले दाबी गर्नुभएको छ । अमेरिकामा भेन्टिलेटरको प्रशस्त आपूर्ति रहेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी भएको छिट्टै भेन्टिलेटर पठाउन लागेको राष्ट्रपति ट्रम्पले उल्लेख गर्नुभएको छ ।
ट्रम्पको आग्रहमा भारतले पछिल्लो महिना औषधी आयातलाई खुला गर्दै हाइड्रोक्सिक्लोरोक्विन पठाएको थियो । भारतले कोभिड–१९ को बिरामीमा उपयोगि हुने मानिएको उक्त औषधीको पाँच करोड खुराक सङ्क्रमणको केन्द्रबिन्दु बनेको अमेरिकालाई उपलब्ध गराएको थियो ।
व्हाइट हाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा समेत ट्रम्पले आफ्नो अनुदान सहयोगबारे प्रष्ट्याउनुभएको थियो । जटिल स्वास्थ्य अवस्था भएका बिरामी सङ्क्रमित भएको अवस्थामा श्वास लिन सघाउने उपकरण भेन्टिलेटरको आवश्यक पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?