logo
२०८१ असोज ७ सोमवार



घर फर्किन लागेका २३ जना श्रमिकको सडक दुर्घटनामा मृत्यु

अन्तर्राष्ट्रिय |


घर फर्किन लागेका २३ जना श्रमिकको सडक दुर्घटनामा मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ३ गते । भारतमा सडक दुर्घटनामा २३ जना प्रवासी श्रमिकको मृत्यु भएको छ । भारत उत्तरप्रदेशको औरैयामा श्रमिक बोकेको ट्रक अर्को ट्रकसँग जुध्दा भारी संख्यामा मानवीय क्षति भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार बिहान भएको दुर्घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । कोरोनाभाइरस सङ्क्रमणका बीच दैनिक हजारौँ श्रमिक भारतको मुख्य शहरबाट घर फर्किन लागेका छन् ।
यसअघि पनि घर फर्किन लागेका श्रमिकको भारतको बिहार, उत्तरप्रदेश र मध्यप्रदेशमा सडक दुर्घटनामा परेर मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?