logo
२०८१ असोज ७ सोमवार



ब्राजिलमा महिना दिनभित्र दुई स्वास्थ्य मन्त्रीको राजीनामा

अन्तर्राष्ट्रिय |


ब्राजिलमा महिना दिनभित्र दुई स्वास्थ्य मन्त्रीको राजीनामा


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ३ गते । कार्यभार सम्हालेको महिना दिन नबित्दै ब्राजिलका स्वास्थ्य मन्त्रीले राजीनामा गर्नुभएको छ । कोभिड–१९ को सङ्क्रमण तीव्ररुपमा फैलिरहँदा ब्राजिलका स्वास्थ्य मन्त्री डा. नेल्सन टैकले मन्त्री पदबाट राजीनामा गर्नुभएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार राष्ट्रपति जायर बोल्सोनारोले कोरोना सङ्क्रमितमा मलेरियाविरुद्धको औषधी हाइड्रोक्सीक्लोरोक्विनको प्रयोग गर्न दबाब दिएपछि उहाँले राजिनामा गर्नुभएको हो । डा. नेल्सन टैक गत अप्रिल १७ मा जिम्मेवारी सम्हाल्नुभएको थियो ।
ब्राजिलमा कोरोना सङ्क्रमणले अर्थ व्यवस्था खुम्चिन थालेको छ । राष्ट्रपति बोल्सोनारोले अर्थ व्यवस्थालाई गति दिन छिटोभन्दा छिटो सङ्क्रमणमुक्त बनाउने उपाय अपनाउन विभिन्न विकल्पलाई लिएर दबाब दिदै आउनुभएको छ ।
टैक अघि लुइज हेनरिक्ज मन्डेटाले समेत हाइड्रोक्लोरोक्विनको प्रयोग गर्न अस्वीकार गरेपछि राजिनामा दिनुपरेको थियो । ब्राजिलमा कोरोनाभाइरसको सङ्क्रमणले हालसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?