logo
२०८१ असोज ७ सोमवार



रुसमा सङ्क्रमित हुने दुई लाख ६२ हजार पुग्यो, बेलायतमा ३३ हजार ९९८ को मृत्यु

अन्तर्राष्ट्रिय |


रुसमा सङ्क्रमित हुने दुई लाख ६२ हजार पुग्यो, बेलायतमा ३३ हजार ९९८ को मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ३ गते । रुसमा कोरोनाभाइरसको सङ्क्रमित हुने दुई लाख ६२ हजार पुगेको छ । कोरोनाभाइरसको सङ्क्रमणबाट दुई हजार ४१८ जनाको मृत्यु भएको छ ।
कोरोनाभाइरस सङ्क्रमणबारे जानकारी दिँदै राष्ट्रिय प्रतिकार्य केन्द्रले दुई लाख ६२ हजार ८४३ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा दश हजार ५९८ जना नयाँ सङ्क्रमित थपिएका छन् । समाचार संस्था सिन्ह्वाकाअनुसार पछिल्लो २४ घण्टामा ११३ जनाको मृत्यु भएको छ । रुसमा ५८ हजार २२६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
रुसमा कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी मस्को हो । मस्कोमा मात्रै एक लाख ३५ हजार ४६४ जना सङ्क्रमित छन् । रुसमा हालसम्म ६४ लाख व्यक्तिमा कोरोना सङ्क्रमणको परीक्षण गरिएको छ ।
बेलायतमा कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुने ३३ हजार ९९८ पुगेको छ । बेलायतको स्वास्थ्य तथा समाजिक कल्याण विभागले दुई लाख ३६ हजार ७११ जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको बताएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?