logo
२०८१ असोज ७ सोमवार



इटालीमा जुन पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनको स्वीकृति

अन्तर्राष्ट्रिय |


इटालीमा जुन पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनको स्वीकृति


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३ गते । इटालीले आगामी जुन महिनाको पहिलो सातादेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेको छ । इटाली सरकारले शनिबार अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।
कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा कठोर लकडाउन व्यवस्था गरेको इटालीको स्वीकृत मापदण्ड बमोजिम जुन ३ देखि अन्तर्राष्ट्रिय उडान भर्ने अनुमति दिइएको छ । जुन ३ देखि इटालीमा आन्तरिक यात्रामा लगाइएको प्रतिबन्ध समेत पूर्णरुपमा हटाइने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । सङ्क्रमणको दोस्रो तरङ्ग रोक्न जनजिवन सहज बनाउन यसप्रकारको व्यवस्था गर्न लागिएको प्रधानमन्त्री जिसेप कोन्टेले बताउनुभयो ।
इटालीमा कोरोना सङ्क्रमणबाट ३१ हजार ६०० जनाको मृत्यु भएको छ । फेब्रुअरी २१ मा इटालीमा पहिलो सङ्क्रमित फेला परेको थियो । मार्च ४ देखि लागू हुनेगरी देशब्यापी घुमफिरमा प्रतिबन्ध लगाउने इटाली पहिलो यूरोपेली राष्ट्र हो । मई ४ मा इटालीले उद्योग र पार्क खुला गर्ने निर्णय गरेको थियो । साना र ठूला पसल मई आइतबारदेखि खुल्दैछ । र आइतबारदेखि नागरिकले आ आफ्नो क्षेत्रको आफन्तसम्म पुग्न पाउनेछन् ।
जुन २ मा इटालीको गणतन्त्र दिवस पर्छ । गणतन्त्र दिवसलाई ध्यानमा राखेर जुन ३ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?