logo
२०८१ असोज ७ सोमवार



३० खरब डलर राहत समेटिएको विधेयक अमेरिकी सदनबाट पारित

अन्तर्राष्ट्रिय |


३० खरब डलर राहत समेटिएको विधेयक अमेरिकी सदनबाट पारित
तस्विर-सीएनएन


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ३ गते । अमेरिकी सदनले इतिहासमै सबैभन्दा ठूलो राशिको राहत कोष विधेयक पारित गरेको छ । रिपब्लिकन र केही प्रगतिशील डेमोक्रयाट प्रतिनिधिले विपक्षमा मतदान गरेपनि राहत प्याकेज समेटिएको विधेयक बहुमतले पारित भयो ।
सीएनएनका अनुसार शुक्रबार साँझ अमेरिकी सदनमा निर्णयार्थ प्रस्तुत गरिएको विधेयकमा २०८–१९९ मतदान भयो । १४ जना डेमोक्रयाट तर्फका प्रतिनिधिले दलीय निर्णय विरुद्ध विपक्षमा मतदान गर्नुभयो । विपक्षी रिपब्लिकनका एक सांसदले विधेयकको पक्षमा मतदान गर्नुभयो ।
डेमोक्रयाट नेताहरुले राहत प्याकेजमा राज्य र स्थानीय सरकारका लागि बजेट छुट्याइएको बताएका छन् । संकटको बेला अबिलम्ब सम्बोधन गर्न ल्याइएको कानुनमा कोरोनाभाइरस परीक्षण, अमेरिकी नागरिकलाई प्रत्यक्ष भुक्तानी गरिने व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?