logo
२०८१ असोज ७ सोमवार



भारतमा नयाँ निर्देशिकासहित चौथो चरणको लकडाउन १४ दिन थप

अन्तर्राष्ट्रिय |
फिचर |


भारतमा नयाँ निर्देशिकासहित चौथो चरणको लकडाउन १४ दिन थप


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ ४ गते । कोभिड–१९ को उच्च सङ्क्रमणका बीच भारतले चौथो पटक लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आईतबार सम्पन्न हुन लागेको तेस्रो चरणको लकडाउनलाई लम्ब्याउँदै भारतले केही शर्तसहित मई ३१ सम्मअर्थात जेठ १८गतेसम्मका लागि १४ दिन थप्ने घोषणा गरेको हो ।
भारतले सङ्क्रमण फैल्ने जोखिमलाई न्यूनिकरण गर्न बिगत् ५४ दिनदेखि लकडाउन गर्दै आएको छ । पहिलो पटक भारतमा मार्च २५ देखि अप्रिल १३ सम्मका लागि गरिएको लकडाउन दोस्रो पटक १४ अप्रिलदेखि ३ मईसम्मका लाथि थप गरेको थियो । तेस्रो पटक ४ मईदेखि १७ मईसम्मका लागि थपिएको लकडाउन आज समाप्त हुँदै थियो ।
भारतमा हालसम्म कोरोना भाइरसको सङ्क्रमण ९० हजार ९२७ जनामा पुष्टि भएको छ । ३४ हजार १०९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । कोभिड–१९ को सङ्क्रमणबाट भारतमा दुई हजार ८७२ जनाको मृत्यु भएको छ ।
चौथो चरणको लकडाउनका लागि भारतले निर्देशिका समेत जारी गरेको छ । निर्देशिका बमोजिम केही पूर्वाधार निर्माण र उद्योग सञ्चालनको अनुमति दिइएको छ । लकडाउन लम्बिदै जाँदा करिब एक अरब ३० करोडभन्दा बढी जनसंख्या रहेको भारतमा जनजिवन कष्टकर बन्दै गएको छ । भारतको प्रमुख शहरमा जिविकोपार्जनका लागि गएका हजारौं प्रवासी श्रमिक दैनिक घरतर्फ फर्किदै आएका छन् ।
भारतको महाराष्ट्र राज्यमा कोरोना भाइरसका सबैभन्दा बढी प्रभाबित राज्य हो । जहाँ करिब २५ हजार सङ्क्रमित छन् । महाराष्ट्र र तामिलनाडूले यसअघि नै लकडाउन मई ३१ सम्मका लागि थप्ने निर्णय गरिसकेको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?