logo
२०८१ असोज ७ सोमवार



ब्राजिलस्थित साओ पाउलोको स्वास्थ्य प्रणाली असफल हुने जोखिम

अन्तर्राष्ट्रिय |


ब्राजिलस्थित साओ पाउलोको स्वास्थ्य प्रणाली असफल हुने जोखिम


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ५ गते । ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोको स्वास्थ्य प्रणाली लड्ने अवस्थामा पुगेको छ । कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या युद्धस्तरमा बढिरहँदा स्वास्थ्य प्रणाली जोखिममा परेको हो ।
साओ पाउलोका मेयर ब्रुनो कोभासले सार्वजनिक अस्पतालमा क्षमताको ९० प्रतिशतभन्दा बढीले पूरा भएको छ । आगामी दुई सातामा अस्पतालमा रिक्त शय्या नरहने उहाँले चेतावनी दिनुभयो । लकडाउनलाई हेलचक्रयाइँ गर्नेको कडा आलोचना गर्नुभएको उहाँले हेलचक्रयाइँ गर्नेहरूबाटै स्वास्थ्य प्रणाली जोखिममा परेको बताउनुभयो ।
ब्राजिलको साओ पाऊलो सबैभन्दा बढी प्रभावित शहर हाे । शहरमा करिब तीन हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । कोरोना भाइरसरुपी सङ्कटलाई सम्हाल्न ब्राजिली राष्ट्रपति जायर बोल्सेनारोको भूमिकाको राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा कडा आलोचना हुँदैआएको छ ।
ब्राजिलले शनिबार नै कोभिड–१९ बाट सङ्क्रमित भएकाहरूका सङ्ख्यामा यूरोपमा सबैभन्दा बढी प्रभावित स्पेन र इटालीको सङ्ख्यालाई उछिनेको छ । ब्राजिलमा पछिल्लो २४ घण्टामा सात हजार ९३८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने ४८५ जनाको मृत्यु भएको छ । सङ्क्रमित हुने कुल सङ्ख्या दुई लाख ४१ हजार पुगेको छ । जुन अमेरिका, रुस र बेलायतपछिको सबैभन्दा बढी हो । ब्राजिलमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणले १६ हजार ११८ जनाले ज्यान गुमाएका छन् ।
कोरोना परीक्षणको अभावमा ब्राजिलमा आधिकारिक तथ्याङ्कभन्दा कैयौँ गुणा बढी सङ्क्रमित रहेको विज्ञहरूको दावी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?