logo
२०८१ असोज ७ सोमवार



विश्व स्वास्थ्य सङ्गठनको भूमिकाको स्वतन्त्र छानबिन हुने

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


विश्व स्वास्थ्य सङ्गठनको भूमिकाको स्वतन्त्र छानबिन हुने


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ५ गते । कोरोना महामारीको क्रममा विश्व स्वास्थ्य सङ्गठनले उठाएको कदम र उसको गतिविधिबारे स्वतन्त्र छानबिन हुने भएको छ । यूरोपेली संघले विश्व स्वास्थ्य सङ्गठनको साधारण सभामा सङ्गठनको भूमिकामाथि सवाल उठाउँदै छानबीनको माग गरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. अद्नोम गेब्रेससले महामारीको क्रममा सङ्गठनको जवाफदेहितासम्बन्धमा गरिएको आलोचनाको जवाफ दिने क्रममा उक्त घोषणा गर्नुभएको हो । यद्दपि आफ्नो बचाव गर्नुहुँदै उहाँले स्वास्थ्य सङ्गठनले नियमित र सुरुवाती अवस्थामा नै महामारीबारे विश्व समुदायलाई सचेत गराएको दावी गर्नुभयो ।
यूरोपेली संघको प्रस्तावको स्वागत गर्नुहुँदै महानिर्देशक गेब्रेससले सदस्य राष्ट्रलाई विश्वासमा लिएर विश्व स्वास्थ्य सङ्गठनको भूमिकाबारे छानबीन गर्न स्वतन्त्र समिति छिट्टै गठन गरिने बताउनुभयो । साधारण सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “विगतले शिक्षा दिन्छ, छिट्टै नै समिति गठन गरेर आएको निस्कर्षबाट विगतकाे अनुभवले दिने सन्देशबाट सिक्ने तथा कमीकमजोरीलाई विश्वव्यापी महामारीको बेला तयारी र जवाफदेहिताको सन्दर्भमा राम्रो गर्ने अवसर जुराउनेछन् । ”
कोरोना भाइरस पहिलोपटक चीनको वुहान शहरमा फेला परेको थियो । सङ्क्रमण फैलन नदिन विश्व स्वास्थ्य सङ्गठनले समयमै उपयुक्त कदम नचालेको भन्दै उसको आलोचना हुँदैआएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?