logo
२०८१ असोज ७ सोमवार



सुधारको समयसीमासहित ट्रम्पद्वारा विश्व स्वास्थ्य सङ्गठन प्रमुखलाई पत्राचार

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


सुधारको समयसीमासहित ट्रम्पद्वारा विश्व स्वास्थ्य सङ्गठन प्रमुखलाई पत्राचार


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक महिनाभित्र सुधार गर्न समयसीमासहित विश्व स्वास्थ्य सङ्गठनका प्रमुखलाई पत्राचार गर्नुभएको छ । उहाँले ठोस सुधार वा अमेरिकाको सदस्यता स्थायीरुपमा गुमाउने चेतावनी दिनुभएको हो ।
राष्ट्रपति ट्रम्पले सोमबार प्रमुख टेड्रस अद्नोम गेब्रेससको नाममा पत्र पठाउनुहुँदै डिसेम्बर महिना यता विश्व स्वास्थ्य सङ्गठनले कोरोना रोकथामको जवाफदेहीतामाथि सवाल उठाउनुभएको छ । उहाँले आफ्नो पत्रमा दबावमा परेर स्वास्थ्य सङ्गठनले स्वतन्त्र कदम चाल्न नसकेको आरोप लगाउनुभएको छ ।
ट्रम्पले विश्वब्यापी सङ्कटकाल घोषणा गर्न विश्व स्वास्थ्य सङ्गठनले ढिलाइ गरेको, अन्तर्राष्ट्रिय समन्वयको लागि स्वनिलम्बन गरेको आफ्नो पत्रमा उल्लेख गर्नुभएको छ । उहाँले अफ्रिकी नागरिक भाइरसबाट सङ्क्रमित हुन पुग्दा चीनमा भेदभाव गरिएको र सन् २००३ मा इबोला सङ्क्रमणको बेला तात्कालीन प्रमुख डा. हरलेम ब्रन्डल्याण्डले कडा कदम चाल्दा इबोला समयमै नियन्त्रणमा आएर थुप्रैको ज्यान जोगिएको जसरी डा. अदनोम सक्रिय हुन नसकेको उल्लेख गर्नुभएको छ ।
कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित छन् । विश्वका ४८ लाख सङ्क्रमितमध्ये अमेरिकामा मात्रै १५ लाख छन् । सङ्क्रमणबाट ९० हजार अमेरिकामा बसोबास गर्नेको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य सङ्गठन र चीनमाथि गैर जवाफदेहीताको आरोप लगाउदै आउनुभएका ट्रम्पले कोरोना सङ्क्रमणबाट जोगिन ठोस कदम नचालेको भन्दै अमेरिकाभित्रै आलोचना गरिएको छ । अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सबैभन्दा बढी अनुदान उपलब्ध गराउने राष्ट्र हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?