logo
२०८१ असोज ७ सोमवार



भारतमा आन्तरिक विमान सोमबारबाट सुरु हुने

अन्तर्राष्ट्रिय |


भारतमा आन्तरिक विमान सोमबारबाट सुरु हुने


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ७ गते । भारतमा आगामी सोमबारबाट आन्तरिक उडान सुरु हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमबिच भारतमा मार्च २५ देखि आन्तरिक र अन्तर्राष्ट्रिय गरी सबै उडान सेवा बन्द रहेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार नागरिक उडड्यन मन्त्री हरदीप पुरीले ट्वीट गरेर विमान सेवा सुचारु हुनेबारे जानकारी गराउनुभएको हो । आवश्यक सतर्कताका उपायहरू अपनाएर आन्तरिक विमान सेवा सुचारु गर्ने निर्णय गरिएको हो । अन्तर्राष्ट्रिय उडान सुचारुबारे केही खुलाइएको छैन् ।
‘रेड जोन’मा रहेका शहरहरु मुम्बई, दिल्ली, अहमदाबाद लगायतको शहरबाट तात्कालै विमान सेवा सुरु नहुने जनाइएको छ । भारत सरकारले कोरोना भाइरसको जोखिमको आधारमा तय गरेको विभिन्न क्षेत्र अन्तगर्त ‘ग्रीन जोन’बाट पहिलो चरणमा आन्तरिक विमान सेवा सुचारु गरिने तयारी गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?