logo
२०८१ असोज ८ मंगलवार



दोस्रो विश्वयुद्ध छलेका गोहीको रुसस्थित चिडियाखानामा मृत्यु

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


दोस्रो विश्वयुद्ध छलेका गोहीको रुसस्थित चिडियाखानामा मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १२ गते । रुसको मस्कोस्थित एक चिडियाखानाका गोहीको मृत्यु भएको छ । उक्त गोही एडोल्फ हिटलरले पालेको धेरैले विश्वास गर्छन् ।

चिडियाखानाका अनुसार ८४ वर्षका गोही ‘शैटर्न’को शुक्रबार मृत्यु भएको हो । संयुक्त राज्य अमेरिकामा जन्मेको गोहीलाई सन् १९३६ मा बर्लिनस्थित चिडियाखानालाई हस्तान्तरण गरिएको थियो । सन् १९४३ मा चिडियाखानामा बम पड्किदा गोही त्यहाँबाट उम्किएको थियो । सन् १९४६ सम्म शैटर्नको अवस्था अज्ञात थियो ।

सन् १९४३ मा सुरु भएको दोस्रो विश्वयुद्ध सन् १९४५ सम्म चलेको थियो । बीबीसीका अनुसार सन् १९४३ को नोभेम्बर २२ र २३ का दिन जर्मनीको टर्गाटन जिल्लामा भारी बमबारी भएको थियो । उक्त चिडियाखाना पनि टर्गाटन जिल्लामै अवस्थित थियो । हजारौं सर्वसाधारणसँगै चिडियाखानाका दर्जनौं जनावर पनि बम पड्किदा नष्ट हुन पुगेको थियो । चिडियाखानाको एक्वेरियमको पर्खालमा बम प्रहार गरिएको थियो ।

शैटर्न युद्धले प्रभाबित टर्गाटन जिल्लाकै विभिन्न स्थानमा तीन वर्षसम्म बस्नुपरेको थियो । बेलायती सेनाले उक्त गोहीलाई फेला पार्यो । र मस्कोस्थित चाल्र्स डार्विनको नाममा सञ्चालित चिडियाखानालाई उक्त गोही हस्तान्तरण गर्यो ।

छिट्टै नै उक्त गोही बर्लिनस्थित चिडियाखानामा नभएर एडोल्फ हिटलर कहाँ रहेको अफवाह फैलिएको चिडियाखानाले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

बेलायती सेनाले फेला पार्दा सोभियत रुसलाई उक्त गोही प्रदान गरेको थियो । शैटर्नलाई हेर्न दैनिक सैकडौँ सर्वसाधारण रुसको मस्कोस्थित चिडियाखाना पुग्ने गरेको चिडियाखानाले जनाएको छ ।
चिडियाखानाले आफ्नो वक्तव्यमा भनेको छ, “शैटर्न हाम्रो लागि एक पुरा युग हो, हामी अधिकांशको बाल्यपनको गोही साक्षी थिए, हामीलाई विश्वास छ शैटर्नलाई हामीले दुखित बनाएनौं ।”

चिडियाखानाका अनुसार शैटर्न आफ्नो हेरचाहमा संलग्नलाई राम्ररी पहिचान गरेको थियो । मिसिसिपिका गोही साधारणतया ३० देखि ५० वर्षसम्म बाँच्छन् । शैटर्न विश्वकै सबैभन्दा जेठो गोही हुनसक्ने तर्कलाई अस्वीकार गर्न नसकिने चिडियाखानाको दाबी छ । सर्बियाको बेलग्रेडस्थित एक चिडियाखानामा रहेको पुरुष गोही, मुजा पनि ८० वर्षका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?