logo
२०८१ असोज ८ मंगलवार



जोहानसवर्गको सुन खानीका १६४ श्रमिकमा कोरोना सङ्क्रमण

अन्तर्राष्ट्रिय |


जोहानसवर्गको सुन खानीका १६४ श्रमिकमा कोरोना सङ्क्रमण


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १२ गते । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसेले कोरोनाभाइरसको प्रकोप कठोर हुनसक्ने चेतावनी दिनुभएको छ । उहाँले कुल सङ्क्रमितको एक तिहाइ मात्र पछिल्लो साता फेला परेकोले आगामी दिन भयावह हुनसक्ने चेतावनी दिनुभएको हो ।

लकडाउन खुकुलो पार्न घोषणा गर्ने क्रममा राष्ट्रपति रामाफोसेले लामो समयसम्म लकडाउन रहन नसक्ने बताउनुहुँदै एक जुनदेखि थप खुकुलो बनाइने जानकारी गराउनुभयो । दक्षिण अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या २२ हजार पुगेको छ । अफ्रिकामा कोरोना सङ्क्रमणले हालसम्म ४२९ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार दक्षिण अफ्रिकाको जोहानसवर्गस्थित सुन खानीमा कार्यरत १६४ जना श्रमिकमा एकैपटक कोरोनाभाइरसको सङ्क्रमण फेला परेको छ । राष्ट्रपति रामाफोसेलाई लकडाउन सहज पार्न दबाव बढेको छ । उहाँले विद्यालयसहित केही पसल, व्यवसाय र घरमै खपत गर्ने गरी मदिरा पसल पनि छिट्टै सञ्चालन हुने बताउनुभएको छ । चुरोट बिक्रीमा प्रतिबन्ध भने यथावत नै रहने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?