logo
२०८१ असोज ८ मंगलवार



भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित थपिए


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १७ गते । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा देशभरि गरेर कुल सात हजार ९६४ जनामा सङ्क्रणको पुष्टि भएको हो ।
थपिएका नयाँ सङ्क्रमितसँगै भारतमा कुल सङ्क्रमितको संङ्ख्या एक लाख ७३ हजार ७६३ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण थप २६५ जनाको मृत्यु भएको जनाएको छ । यससँगै भारतमा कोभिड १९ बाट कुल मृतकको सङ्ख्या चार हजार ९७१ पुगेको छ ।
पछिल्लो विवरण अनुसार देशभरी अहिले पनि ८६ हजार ४२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने ८२ हजार ३७० जना सङ्क्रणमुक्त भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?