logo
२०८१ असोज ८ मंगलवार



सामाजिक दूरी पालना नगर्दा रोमानियाका प्रधानमन्त्रीलाई छ सय डलर जरिवाना

अन्तर्राष्ट्रिय |


सामाजिक दूरी पालना नगर्दा रोमानियाका प्रधानमन्त्रीलाई छ सय डलर जरिवाना


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १८ गते । रोमानिया प्रधानमन्त्रीले सामाजिक दूरीको पालना नगरेको भन्दै छ सय अमेरिकी डलर जरिवाना तिर्नुपरेको छ । सरकारी भवनमा मन्त्रिपरिषद्का सदस्य र अन्य सहभागीसँग बैठक गर्दा सामाजिक दूरी पालना गर्ने नियमको उल्लङ्घन गरेको आरोपमा जरिवाना भराइएको छ ।
रोमानियाको सञ्चारमाध्यममा प्रकाशित फोटोमा भोजन र मदिराको बोतल राखिएको टेबुलसहित प्रधानमन्त्री लुडोभिक ओरबन अन्य सहभागीसँग देखा पर्नुभएको छ । बैठकमा सहभागी कसैले पनि मास्क नलगाएको र सामाजिक दूरीको पालना गरेको देखिन्न । प्रधानमन्त्री ओरबनले मई २५ मा लिइएको उक्त तस्बिर आफ्नो जन्मदिनको रहेको मीडियाफाक्स समाचार संस्थालाई बताउनुभएको छ ।
बैठकमा रोमानियाका परराष्ट्रमन्त्री र अर्थमन्त्री समेत सहभागी हुनुहुन्थ्यो । रोमानियामा १९ हजार १३३ जना कोरोनाभाइरसका सङ्क्रमित छन् । एक हजार २५९ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?