logo
२०८१ असोज ८ मंगलवार



पाकिस्तानी दूतावासका दुई जना कूटनीतिज्ञलाई भारत छोड्न निर्देशन

अन्तर्राष्ट्रिय |


पाकिस्तानी दूतावासका दुई जना कूटनीतिज्ञलाई भारत छोड्न निर्देशन


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १८ गते । भारतले पाकिस्तानका दुई जना कूटनीतिज्ञलाई २४ घण्टाभित्र भारत छोड्न निर्देशन दिएको छ । भारतस्थित पाकिस्तानी दूतवासमा कार्यरत दुई जनासहित तीन जनालाई भारतीय विदेश मन्त्रालयले २४ घण्टाभित्र देश छोड्न निर्देशन दिएको छ ।
पाकिस्तानी दूतावासमा भिसा सहायकको रुपमा कार्यरत अबिद हुस्सैन र ताहिर खानलाई कूटनीतिक मर्यादा विपरितको कार्यमा संलग्न रहेको आरोप लगाइएको छ । दिल्ली पुलिसको विशेष टोली र सैन्य जासूसी निकायका अधिकारीहरूले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । तेस्रो व्यक्ति जावेद हुस्सैन सवारी चालकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतीय सेनाका अधिकारीसँग सम्पर्क गरी सेनासँग सम्बन्धी जानकारी पाकिस्तानको जासूसी संस्था ‘आईएसआई’ प्रदान गर्ने कार्यमा अबिद र जावेद दुवै जनाको संलग्नता देखिएको छ । यसअघि सन् २०१६ मा पनि एक जना पाकिस्तानी कूटनीतिज्ञलाई भारतले देश छोड्न निर्देशन दिएको थियो । नयाँ दिल्लीस्थित पाकिस्तानी दूतावासले घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?