logo
२०८१ असोज ८ मंगलवार



ब्राजिलमा कोरोना सङ्क्रमित हुने पाँच लाख नाघ्यो

अन्तर्राष्ट्रिय |


ब्राजिलमा कोरोना सङ्क्रमित हुने पाँच लाख नाघ्यो


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १९ गते । ब्राजिलमा पाँच लाखभन्दा बढी व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । ब्राजिलका स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २९ हजार सङ्क्रमितको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा १६ हजार ४०९ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमित थपिदा ब्राजिलमा सङ्क्रमितको संख्या पाँच लाख १४ हजार ८४९ पुगेको छ । चौबिस घण्टामा ब्राजिलमा ४०८ जना सङ्क्रमित मृत्यु भएको छ । ब्राजिलमा दुई लाख छ हजार पाँच सय सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध उपयोगि मानिएको हाइड्रोक्सीक्लोरो क्वीनको बीस लाख खुराक ब्राजिललाई सहयोग गरेको छ । विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोगबारे प्रष्ट्याइसकेको छैन । यद्दपी उसले उक्त औषधीको क्लिनिकल परीक्षण बन्द गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?