logo
२०८१ असोज ८ मंगलवार



ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरेको पूर्व रक्षामन्त्री म्याटिसको भनाइ

अन्तर्राष्ट्रिय |


ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरेको पूर्व रक्षामन्त्री म्याटिसको भनाइ


वासिङ्टन, जेठ २२ गते । अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्की देशको सेना र नागरिक समाजबीच “झुठो द्वन्द्व” सिर्जना गर्ने किसिमको बताउनुभएको छ ।          
सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा गर्नुभएका म्याटिसले भन्नुभयो, “मैले यो साताका घटनाक्रमलाई नियालिरहेको छु, र यसबाट मलाई क्रुद्ध बनाएको छ ।”    
राष्ट्रपति ट्रम्पका विरुद्धमा यसअघि उहाँले कुनै पनि प्रतिक्रिया दिन चाहनुभएको थिएन । तर प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोएडको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनबीच म्याटिसले आफ्नो भनाई सार्वजनिक गर्नुभएको हो ।    
म्याटिसको भनाइ सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्व दिइएको प्रतिक्रिया दिनुभयो ।    
उहाँले मलाई म्याटिसको नेतृत्व गर्ने शैली बिल्कुलै चित्त बुझेको छैन भन्नुभएको छ ।    
म्याटिसले अगाडि भन्नुभएको छ, “डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकताबद्ध गराउन कहिल्यै प्रयास गरेको मैले पाइनँ । उहाँ हामीलाई विभाजन गर्न चाहनुहुन्छ । हामीले तीन वर्षदेखि यही शैली पाएका छौँ । हामीले ट्रम्पबाट परिपक्व नेतृत्व नै पाउन सकेनौँ ।”    
म्याटिसले ट्रम्प बाहेक अरु अमेरिकीहरू एकताबद्ध हुन पनि आह्वान गर्नु भएको छ । प्रदर्शनकारीका बारेमा प्रतिक्रिया दिँदै म्याटिसले ठूलो संख्याका नागरिकले कानुन बमोजिम समान न्याय पाउनुपर्नेमा जोड दिनुभएको छ ।    

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप