logo
२०८१ असोज ८ मंगलवार



दुई हजार बढी विदेशी जमातीलाई दश वर्षसम्म भारत प्रवेशमा प्रतिबन्ध

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


दुई हजार बढी विदेशी जमातीलाई दश वर्षसम्म भारत प्रवेशमा प्रतिबन्ध


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २२ गते । भारतको गृह मन्त्रालयले दुई हजार ५५० जना विदेशी तब्लिगी जमातका सदस्यलाई कालोसूचीमा राखेको छ । कोरोनाभाइरसको जोखिम न्यूनिकरण गर्न अपनाइएको लकडाउनलाई उल्लंघन गरी सङ्क्रमण फैल्न सघाएको आरोपमा उनीहरुलाई कालोसूचीमा राखिएको छ ।
पीटीआईले गृह मन्त्रालय स्रोतलाई उद्धृत गर्दै कालोसूचीमा राखिएका दुई हजार ५५० जना विदेशी नागरिकलाई दश वर्षका लागि भारत प्रवेशमा प्रतिबन्ध लगाएको उल्लेख गरेको छ । गत् मार्च महिनामा राजधानी नयाँ दिल्लीको निजामुद्दीनस्थित तब्लिगी जमातको आयोजन कोरोना सङ्क्रमणको हटस्पट बनेको दाबी गरिएको थियो । भारतको अधिकांश स्थलका सहभागी रहेका अनुयायीहरु घर फर्किदा कोरोनाभाइरसको सङ्क्रमण देशब्यापी फैलिन सघाएको भारतीय अधिकारीहरुको दाबी छ ।
विदेशी नागरिक भिसा अवधि समाप्त भएपनि गैरकानूनी रुपमा मस्जिद र धार्मिक स्थलमा आश्रय लिएर बसेको पाइएपछि विदेशी जमातीमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको हो । सङ्क्रामक रोग ऐन विपरित कार्य गरेको तथा भिसाको मापदण्ड उल्लंघन गरेको आरोपमा मर्कजका विदेशी सहभागीहरु बिस्तृत छानबीन र अनुसन्धान गरिदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?