logo
२०८१ असोज ८ मंगलवार



अमेरिकामा प्रहरी नियन्त्रणमा मारिएका फ्लोयड कोरोनाबाट सङ्क्रमित थिए

अन्तर्राष्ट्रिय |


अमेरिकामा प्रहरी नियन्त्रणमा मारिएका फ्लोयड कोरोनाबाट सङ्क्रमित थिए


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २२ गते । प्रहरी नियन्त्रणमा मारिएका अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । तर कोरोनाभाइरस सङ्क्रमणको कारण उहाँको मृत्यु नभएको प्रष्ट्याइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शव परीक्षणपछि फ्लोयडमा सङ्क्रमणको पुष्टि भएको हो । हेन्नेपिन काउन्टी मेडिकल कार्यालयले बुधबार सार्वजनिक गरेको २० पृष्ठ लामो शव परीक्षण प्रतिवेदनमा फ्लोयड कोरोना सङ्क्रमित भएको उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार फ्लोयडको मृत्यु कार्डियोपल्मोनरी थिचाइको कारण भएको हो । मई २५ मा प्रहरी नियन्त्रणमा रहेका फ्लोयडको प्रहरी अधिकारीले गर्धनमा घुँडाले थिच्दा बेहोस भई मृत्यु भएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा चारजना प्रहरी अधिकारी जागिरबाट निकालिएका छन् । उनीहरुमाथि व्यक्ति हत्याको आरोपमा मुद्दा चलाइएको छ । अफ्रिकी मूलका अमेरिकी नागरिक फ्लोयडको हत्यालाई अश्वेत नागरिकमाथि गोरा समुदायको विभेदको रुपमा अथ्र्याइदै विश्वब्यापी प्रदर्शन भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?