logo
२०८१ असोज ८ मंगलवार



पाकिस्तानमा बढ्यो कोरोना सङ्क्रमण दर

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा बढ्यो कोरोना सङ्क्रमण दर


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २३ गते । पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको संख्या उच्च रफ्तारमा वृद्धि भएको छ । पछिल्लो चौबिस घण्टामा पाकिस्तानमा चार हजार ६८८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार स्वास्थ्य पूर्बाधारको अभाव रहेको पाकिस्तानमा सङ्क्रमित हुनेको संख्या बढ्दै जाँदा सर्वसाधारणमा त्रसित हुन पुगेका छन् । सीएनएनका अनुसार पर्याप्त स्रोत साधन नहुँदा प्रमुख शहरको अस्पतालमा समेत नयाँ बिरामी भर्ना गरिएको छैन् । पाकिस्तानमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ८५ हजार २६४ दत्र्ता गरिएको छ । पछिल्लो २४ घण्टामा ८२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म पाकिस्तानमा कोरोना सङ्क्रमणबाट एक हजार ७७० जनाको मृत्यु भएको छ ।
सङ्क्रमित हुने संख्या उच्च दरमा वृद्धि हुँदा यसअघि सुचारु गरिएको सेवा पनि बन्द गरिएको छ । शपिङ्ग मल, बजार बन्द गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?