logo
२०८१ असोज ८ मंगलवार



भारतमा एकैदिन नौ हजार ८५१ जना सङ्क्रमित, २७३ को मृत्यु

अन्तर्राष्ट्रिय |


भारतमा एकैदिन नौ हजार ८५१ जना सङ्क्रमित, २७३ को मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २३ गते। भारतमा एकैदिनमा करीब दश हजार जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा नौ हजार ८५१ जना नयाँ सङ्क्रमित थपिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । जुन एकैदिनमा थपिने सबैभन्दा बढी सङ्क्रमित संख्या हुन् । पछिल्लो साता दैनिक औसतमा आठ हजार नयाँ सङ्क्रमित थपिदै आएको थियो । 
बिहीबार एकै दिनमा भारतमा कोरोना भाइरसका २७३ जना संक्रमितको मृत्यु दत्र्ता गरिएको छ । भारतमा सङ्क्रमितको संख्या २ लाख २६ हजार ७७० पुगेको भारतीय स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसबाट भारतमा मृत्यु हुनेको संख्या छ हजार ३४८ पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल १ लाख १० हजार ९६० जनामा भाइरसको सङ्क्रमण सक्रिय देखिएको छ । एक लाख नौ हजार ४६२ जना सङ्क्रमणमुक्त भएर घर फर्किसकेका स्वास्थ्य अधिकारीहरुले बिहीबार बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?