logo
२०८१ असोज ८ मंगलवार



इन्डोनेसियाली सेनाको हेलिकप्टर दुर्घटनामा चारजनाको मृत्यु

अन्तर्राष्ट्रिय |


इन्डोनेसियाली सेनाको हेलिकप्टर दुर्घटनामा चारजनाको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २४ गते । इन्डोनेसियाली सेनाको हेलिकप्टर दुर्घटना हुँदा कम्तिमा चारजनाको मृत्यु भएको छ । नौ जना सबार रहेकोमा हेलिकप्टर दुर्घटनाका अन्य पाँच जना घाइते भएको अन्तर्राष्ट्रिष्य सञ्चारमाध्यमहरुले जनाएको छ ।
इन्डोनेसियाली सञ्चारमाध्यम कोमपास टीभीका अनुसार जाभा प्रान्तमा भएको उक्त दुर्घटनाका घाइतेहरुलाई केन्डल जिल्लास्थित दुई अलग अस्पतालमा भर्ना गरिएको छ । अत्यन्तै कम ऊचाईमा उडेको हेलिकप्टर छिट्टै ठूलो आवाजका साथ दुर्घटना भएको छ । कम ऊचाईमा रहेकोले दुईजना यात्रु दुर्घटना हुनुअघि नै निस्किन सफल भएको कोम्पास टीभीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?