logo
२०८१ असोज ८ मंगलवार



भारत पाँचौँ सबैभन्दा प्रभावित राष्ट्र, दैनिक एक लाख बढी परीक्षण गरिँदै

अन्तर्राष्ट्रिय |


भारत पाँचौँ सबैभन्दा प्रभावित राष्ट्र, दैनिक एक लाख बढी परीक्षण गरिँदै


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २५ गते । भारत कोरोनाभाइरसबाट पाँचौँ सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ । शनिबार साँझसम्म भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ४५ हजार ६७० दर्ता गरिएको छ । स्पेनमा सङ्क्रमित हुने दुई लाख ४१ हजार ३१० रहेको छ ।

अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार भारत पाँचौँ सबैभन्दा बढी प्रभावित राष्ट्रमा गणना गरिए पनि स्पेन र इटालीभन्दा मृत्युदर थोरै रहेको छ । भारतमा कोरोना सङ्क्रमणबाट छ हजार ६४२ जना छन् । इटालीमा मृत्यु हुने ३३ हजार ७७४ र स्पेनमा २७ हजार १३४ छ ।

भारतमा एक साता अघिसम्म दैनिक रुपमा औसत छ हजार पाँच सय सङ्क्रमित बढ्दै आएकोमा लगातार चौथो दिन करिब दश हजार सङ्क्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रलायका अनुसार एक लाख १५ हजार ९४२ जनामा सङ्क्रमण सक्रिय छन् । एक लाख १४ हजार ७३ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

मन्त्रालयका अनुसार भारतमा हालसम्म ४५ लाख २४ हजार ३१७ जनामा कोरोनाभाइरस सङ्क्रमणको परीक्षण गरिएको छ । पछिल्लो चौबिस घण्टामा मात्रै एक लाख ३७ हजार ९३८ वटा नमूना परीक्षण गरिएको छ ।

महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य हुन् । महाराष्ट्रमा सङ्क्रमित हुने करिब ८५ हजार पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?