logo
२०८१ असोज ८ मंगलवार



न्युजिल्याण्डमा कोरोनाका बिरामी शून्य, लकडाउन हटाउनेबारे छिट्टै निर्णय हुने

अन्तर्राष्ट्रिय |


न्युजिल्याण्डमा कोरोनाका बिरामी शून्य, लकडाउन हटाउनेबारे छिट्टै निर्णय हुने


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २६ गते । न्युजिल्याण्ड कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको छ । अधिकारीहरुले सोमबार सङ्क्रमित अन्तिम बिरामी निको भएर घर फर्केको बताउँदै सङ्क्रमणमुक्त भएको जनाएको छ । न्युुजिल्याण्डको अस्पतालमा कोरोनाभाइरसका सङ्क्रमण सक्रिय रहेको एउटै बिरामी छैन् ।
बीबीसीका अनुसार दुई साता अघि फेला परेका नयाँ सङ्क्रमित सोमबार उपचारपछि फर्केका छन् । जसिन्दा आर्डेन नेतृत्वको सरकारले सामाजिक दूरी पालना सम्बन्धी प्रतिबन्धलाई खुकुलो बनाउनेबारे छिट्टै निर्णय लिनेछ । न्युजिल्याण्डमा केही साताका लागि अत्यन्तै कडाइका साथ लकडाउन गरिएको छ । लकडाउन र सामाजिक दूरी कडाइपूर्बक पालनाले महामारी नियन्त्रणमा आउन सकेको हो ।
न्युजिल्याण्डमा एक हजार ५०४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो भने २२ जनाको सङ्क्रमणबाट मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?