logo
२०८१ असोज ८ मंगलवार



श्रीलङ्का पुग्ने पर्यटकले तीन पटक कोरोना परीक्षण गराउनुपर्ने

अन्तर्राष्ट्रिय |
पर्यटन |


श्रीलङ्का पुग्ने पर्यटकले तीन पटक कोरोना परीक्षण गराउनुपर्ने


गोरखापत्र अनलाइन
काठमाडाैँ, जेठ २६ गते । श्रीलङ्काले विदेशी पर्यटकका लागि आगामी अगष्ट महिनादेखि पर्यटन उद्योग पुनः सुचारु गर्ने तयारी गरेको छ । पछिल्लो वर्ष इस्टर पर्वको पूर्वसन्ध्यामा बम विष्फोटमा परेर २७९ जनाको मृत्यु भएपछि श्रीलङ्काको पर्यटन व्यवसाय शिथिल बन्न पुगेको थियो । वर्षको सुरुवातदेखि नै कोरोनाभाइरसको सङ्क्रमणले ठप्प नै हुन पुग्यो ।
कडा मापदण्ड बनाएर कोरोनाभाइरसको परीक्षणपछि मात्रै विदेशी पाहुना श्रीलङ्कामा स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउनेछन् । श्रीलङ्काको पर्यटन मन्त्रालयले अगष्ट एकदेखि विदेशी पाहुनाका लागि भ्रमण खुला गरिने जनाएको छ । श्रीलङ्काका लागि बोर्डिङ गरेको ७२ घण्टाअघि कोरोनामुक्त रहेको स्वास्थ्य परीक्षण प्रतिवेदन आवश्यक हुने मन्त्रालयले जनाएको छ । उक्त कागजातपछि पनि विदेशी पाहुनाले श्रीलङ्काली विमानस्थलमा पुग्नेबित्तिकै कोरोना परीक्षण गराउनुपर्नेछ ।
दोस्रो परीक्षण पाँच दिनपछि र दश दिनभन्दा बढी बसाइ अवधि भए तेस्रो परीक्षण गराउनुपर्ने निर्देशिका तयार गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?