logo
२०८१ असोज ८ मंगलवार



प्रदर्शन नियन्त्रणमा लिन सेना परिचालन गर्नुपर्ने तर्क गरेका न्युर्योक टाइम्सका सम्पादकको राजिनामा

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


प्रदर्शन नियन्त्रणमा लिन सेना परिचालन गर्नुपर्ने तर्क गरेका न्युर्योक टाइम्सका सम्पादकको राजिनामा


गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २६ गते । चर्चित अखबार न्युर्योक टाइम्सका सम्पादकीय पृष्ठका सम्पादक जेम्स बेनेटले राजिनामा गर्नुभएको छ । अमेरिकामा जारी प्रदर्शनलाई नियन्त्रणमा लिन सेना परिचालन गर्नुपर्ने विचार प्रकाशित भएपछि बेनेटले आइतबार राजिनामा गरेको द् न्युर्योक टाइम्सले जनाएको छ । रोयटर्सका अनुसार यस घटनाक्रमपछि अमेरिकाका अन्य अखबारको ‘न्युजरुम’भित्र समाचारमा विविधता र पछिल्ला संस्करणहरुमा जातीय र वर्गीय प्रतिनिधित्वको समीक्षासहित आगामी नीतिबारे बहस सुरु भएको छ ।
द् न्युर्योक टाइम्सको जुन ३ को संस्करणमा जेम्स बेनेटले प्रदर्शन नियन्त्रणमा लिन सेना परिचालन गर्नुपर्ने विचार प्रकाशनको जिम्मेवारी लिनुहुँदै राजिनामा गर्नुभएको हो । बेनेट सन् २०१६ देखि सम्पादकीय पृष्ठको सम्पादकको जिम्मेबारीमा हुनुहुन्थ्यो । न्युर्योक टाइम्समा आबद्ध हुनुअघि बेनेट द एटलान्टा पत्रिकाका प्रधान सम्पादक हुनुहुन्थ्यो ।
रिपब्लिकन सिनेटर टम कटनको हिंसा नियन्त्रणका लागि सेना परिचालन गर्नुपर्ने विचार न्युर्योक टाइम्समा ‘सैन्य दस्ता पठाऊ’ शिर्षकमा प्रकाशन गरिएको थियो । लगत्तै पत्रिकाको आलोचना सुरु भयो । र यसप्रकारको विचारले स्वतन्त्रतापूर्बक समाचार सङ्कलन गर्न रिर्पोटर र प्रदर्शनकारीलाई जोखिममा पार्ने विश्लेषणसहित न्युर्योक टाइम्सको उक्त कदमले बहसको रुप लियो ।
पत्रिकाका प्रकाशक एजी सल्जबर्जरले स्तम्भ प्रकाशनको पक्षमा वकालत गर्नुभयो । उहाँले खुला समाजका लागि सबै प्रकारको अभिब्यक्ति स्वतन्त्रता व्यक्तिमा नीहित रहेकोले विचार अभिब्यक्त गर्न पाउनुपर्ने तर्क गर्नुभयो । बेनेटको स्थानमा कैट किंग्सब्युरीलाई सम्पादकीय पृष्ठको सम्पादकको जिम्मेवारी दिइएको छ ।
शनिबार फिलाडेल्फिया एन्क्विररका शिर्ष सम्पादक स्टान विस्चोन्स्कीले राजिनामा गर्नुपर्यो । प्रदर्शनकारीले ‘ब्ल्याक लाइभ्स मैटर्स’ अंकित ब्यानर प्रदर्शन गरिरहँदा सम्पादक विस्चोन्स्कीले ‘विल्डिङ् मैटर्स टु’ स्तम्भ लेख्नुभएको थियो । उक्त स्तम्भ प्रकाशन भएको भोलीपल्टै पत्रिकामा कार्यरत सञ्चारकर्मी विस्चोन्स्की कार्यालय प्रवेश गरे लगत्तै बाहिरिएपछि उहाँ राजिनामा गर्न बाध्य हुनुभयो ।
बेनेटले राजिनामाबारे कुनै प्रतिक्रिया दिनुभएको छैन् ।

गत् मई २५ मा अमेरिकामा अफ्रिकी मूलका अमेरिकी नागरिकको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि सुरु भएको प्रदर्शन अझै रोकिएको छैन् । रङ्गभेद विरुद्धको उक्त प्रदर्शन अमेरिकी प्रमुख शहरहरुसँगै बेलायत, क्यानाडा र अष्ट्रेलियासम्म पुगेको हो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?